Logo

कोरोनामाथि चीनको सफलता



Spread the love

एजेन्सी – केही हप्ता अगाडिसम्म नोबल कोरोना भाइरससँग जुधिरहेको चीन यस महामारीविरूद्ध लड्न सफल भएको छ ।

चीनको अनलाइन समाचार पोर्टल सिन्ह्वा नेट ले जनाए अनुसार बुधबार चीनमा कुनै पनि नयाँ कोरोनाका संक्रमित थपिएका छैनन् । त्यसै गरी कोरोनाको उपचारपछि घर फर्किएकाहरू पनि सामान्य जनजीवनमा फर्किन थालेका छन् ।

गत मंगलबार चीनमा कोरोना संक्रमितको संख्या ६७ हजार ८ सय रहेको थियो । त्यसै गरी कोरोनाको उत्पत्ति स्थल मानिएको वुहानमा ५० हजार ५ जना संक्रमित थिए । बुधबार चीनमा सो संख्या स्थिर रहेको जनाइएको छ ।

यससँगै वुहान लगायत चीनको जनजीवन सामान्य अवस्थामा पर्किसकेको छ । तर इटाली लगायत अन्य यूरोपेली मुलुकमा कोरोना दिन प्रतिदिन व्यापक बन्दै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्