Logo

एन्ड्रोइड प्रयोगकर्ताका लागि गुगलको नयाँ फिचर



Spread the love

एजेन्सी। आफ्नो गुगल ट्रान्सलेट सर्भिसका लागि गुगलले ट्रान्सक्रिप्सन फिचर सुरु गरेको छ । गत जनवरीमा सार्वजनिक गरिएको उक्त फिचर अन्ततः गुगलले आफ्ना एन्ड्रोइड प्रयोगकर्ताका लागि सुरु गरेको छ ।

यो फिचरको सहयोगले प्रयोगकर्ताले कुनै एक भाषामा बोली रेकर्ड गराउनेछन् र त्यसलाई स्मार्टफोनले अक्षरमा रुपान्तरण गरेर भाषा समेत अनुवाद गर्नेछ । यस्तो रुपान्तरण रियल टाइममा हुनेछ, अर्थात् बोलीलाई भाषामा रुपान्तरण गरी अनुवाद गर्नका लागि थप समय लाग्ने छैन ।
-छिट्टै सबै एन्ड्रोइड डिभाइसमा उपलब्ध हुने
-हिज्जेको गल्तीलाई आफै सच्चाउने
-डार्क थिम समेत उपलब्ध

प्रतिक्रिया दिनुहोस्