Logo

प्रदेश नं २ सरकारद्वारा ४ क्वारेन्टाइन सञ्चालन



Spread the love

१३ चैत, जनकपुर – प्रदेश नंं २ सरकारले कोरोना भाइरस सङ्क्रमणका शंकास्पद बिरामीका लागि प्रदेशका चार स्थानमा क्वारेन्टाइन सञ्चालनमा ल्याएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रकुमार यादवका अनूसार वीरगञ्जको केडिया डेन्टल कलेज, गौरको गौर नर्सिङ इन्स्टिच्यूट र होटल सिया पैलेस तथा धनुषाको नगराइनस्थित मिथिला आयुर्वेद कलेज अनुसन्धान केन्द्रमा क्वारेन्टाइन सञ्चालन गरिएको छ ।

त्यस्तै कोरोना सङ्क्रमितको उपचारका लागि वीरगञ्जको नेशनल मेडिकल कलेज र जनकपुरधामको जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा व्यवस्थापन गरिएको जनाइएको छ । मन्त्री यादवले प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई तत्काल कोरोना भाइरस परीक्षणका लागि तयार गर्न तदारूकताका साथ काम भइरहेको बताए ।

उनले कोरोना भाइरस सङ्क्रमण वा प्रसार रोक्न सधन गृहकार्य भइरहेको भन्दै प्रदेशका आठ वटै जिल्ला र सुरक्षा संयन्त्र पूर्ण क्षमताका साथ परिचालित हुन प्रदेश सकारले आवश्यक रकमसमेत विनियोजन गरेको जानकारी दिए । मन्त्री यादवले कोरोना भाइरसका शंकास्पदका लागि एम्बुलेन्सको व्यवस्था ,क्वारेन्टाइन केन्द्र र अस्पतालमा सुरक्षाको व्यवस्था जिल्ला प्रशासन कार्यालयमार्फत गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्