Logo

अमेरिकामा एकैदिनमा १६ हजार संक्रमित, इटाली बन्न सक्ने आशंका



Spread the love

१४ चैत, काठमाडौं । कोरोनाको त्रास संसारभर जारी छ । विश्वका १९९ देशमा कोरोनाको संक्रमण देखिएको छ । चीनको वुहानबाट सुरु भएको भाइरसको संक्रमण अहिले अमेरिकामा धेरै देखिएको छ ।

अमेरिकामा भाइरसबाट संक्रमित हुनेहरुको सङ्ख्या ८५ हजार भन्दा बढी रहेको छ । विश्वभर भने कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या ५ लाखभन्दा बढी रहेको छ । अमेरिकाले कोरोना संक्रमितको मामलामा चीनलाई उछिनेको छ । आजसम्म कोरोनाले गर्दा विश्वभर गरी २૪ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार बितेको २૪ घण्टामा अमेरिकामा १६ हजार संक्रमित भएका छन् र कोरोनाबाट संक्रमित हुनेहरुको सङ्ख्या ८५ हजारभन्दा माथि रहेको छ । सबैभन्दा बढी कोरोना संक्रमित हुने देश र संक्रमितको सङ्ख्या अमेरिका: ८५ हजार ८८ चीन: ८१ हजार २ सय ८५ इटाली: ८० हजार ५ सय ८९ पीटीआईले बताएको छ कि अमेरिकामा एक साता अगाडि जम्मा ८ हजार संक्रमित थिए अनि आज भने ८५ हजार कटेको छ ।

संक्रमण एक सातामै दश गुणा बढेको छ। यसबाट अनुमान गर्न सकिन्छ कि कोरोना भाइरस कति चाँडो विश्वभर घुमिरहेको छ । पछिल्लो २૪ घण्टामा अमेरिकामा २ सय ६३ मानिसको मृत्यु भएको छ । कोरोनाको कारणले अमेरिकामा २ सय ६३ जनाको मृत्यु भएको पहिलो पटक हो । अमेरिकामा बिहीबारसम्म १ हजार २ सय ९० जनाको मृत्यु भइसकेको छ । करिब २ हजार मानिस गम्भीर अवस्थामा रहेका छन् । आउने दिनमा अमेरिकामा भारी मात्रामा मृत्युदर बढ्ने अनुमान गर्न सकिन्छ ।

– एजेन्सीको सहयोगमा तयारी पारिएको समाचार

प्रतिक्रिया दिनुहोस्