Logo

ह्याप्पी बर्थ डे डा. केसी



Spread the love

शिक्षण अस्पताल चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गत गणेशमानसिंह भवनको दोस्रो तलाको एउटा कोठाको एक छेउ मान्छेको भीडले भरिभराउ छ ।

त्यहि कोठाको अर्को छेउमा डा. गोविन्द केसी सुतिरहेका छन् ।

दायाँ हातको नाडीमा ब्यान्डेज कसिएको छ ।

बायाँ हातको नाडीमा स्लाइन चढाइएको छ ।

अनि माथितिर लेखिएको छ, १३ औं अनशन, नवौं दिन ।

यो दृश्य देशमा भएका विकृति विसंगतिविरुद्ध अनशनरत डा. केसीको अनशन हो ।

शुक्रबार साँझ ६ बजेतिर डा. केसीका शुभेच्छुक उनलाई जन्मदिनको शुभकामना दिन त्यहाँ भेला भएका थिए भन्ने खबर आजको नागरिकमा छापिएको छ ।

असोज २७ गते डा. केसीको जन्मदिन हो ।

उनी शुक्रबार ६२ बर्षमा प्रवेश गरे ।

जन्मदिन खुशी भएर मनाउनुपर्ने भए पनि हामी भावविह्वल छौं । डा. केसीका एक शुभेच्छुकले भने, हामीलाई त त्यो दिन खुशीको हुनेछ, जुन दिन डा. केसीले राखेका माग पुरा हुनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्