Logo

लाइसेन्स फाराम लिन यस्तो सास्ती – रातभर लाम बस्दा पनि आउँदैन पालो



Spread the love

बुटवल – गुल्मी वीरबासका केशव बस्नेत लाइसेन्सको आवेदन भर्न बुटवलको यातायात कार्यालयमा अघिल्लो रातदेखि नै लाममा बसे ।

उज्यालो भयो, कर्मचारी आए । आवेदन बुझ्न थाले । तर केही घण्टा मै आवेदन लिने सिट सकियो भन्दै उनलाई पालो नआउँदै फिर्ता पठाइयो ।

गुल्मीबाट आएका उनी होटेलमा बसेर अर्को दिन फाराम बुझाए । कर्मचारी कम भएकाले सेवा दिन सकेनौं भन्छन्, हामीले कहिलेसम्म सास्ती पाइरहने श्र उनले भने ।

उनी मात्र होइन, यातायात व्यवस्था कार्यालय बुटवपलमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिन आउने सेवाग्राहीले यस्तै सास्ती पाउँदै आएका छन् ।

नवीकरणका लागि आउने सेवाग्राहीले पनि उस्तै सास्ती भोग्दै आएका छन् भन्ने खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्