Logo

कोरोना संक्रमणका यस्ता छन् चार चरण, यस्तो छ नेपालको अवस्था



Spread the love

सन २०१९ को डिसेम्बरमा चीनबाट एकाएक डरलाग्दो खबर फैलियो- कोरोनाको भाइरस बारेमा । संसारभर सन्नाटा छायो, मान्छेहरू कोरोनाका कारण मर्न थाले । मर्ने क्रम रोकिएको छैन, रोक्न सकिएको छैन । अझ डरलाग्दो कुरा त के भयो भने यो महामारी विश्वभर फैलिन सुरु गर्‍यो । चीनमा मात्र ८० हजार बढी संक्रमित र तीन हजार २ सय बढीको यो महामारी का कारण मृत्यु भईसक्यो ।अहिले, इटालीमा संक्रमित र मृत्यु हुनेको सङ्ख्या निक्कै छ ।

बढ्दो बिरामीको सङ्ख्या र संक्रमणलाई रोक्न पुरा विश्वलाई चकित पार्दै चीनले एक हजार सैयाको अस्पताल निर्माण गरिदियो, त्यो पनि एक हप्तामा । फेरी, दश हजार बिरामीलाई उपचार गर्न मिल्ने अस्पताल बनायो । संक्रमन रोक्न उसले हदैसम्मको कठोर नीति अपनायो । कोरोनाको उद्गम थलो मानिने हुवेई प्रान्त लकडाउन नै गर्नुपर्‍यो । अन्तर्राष्ट्रिय उडानदेखि व्यापार बन्द गर्‍यो । र अहिले चीनले करिब करिब कोरोनालाई आफ्नो काबुमा राख्न सफल भएको मान्न सकिन्छ ।

तर, कोरोना फैलिने चरणलाई लिने हो भने नेपाल पहिलो चरणमा छ । चीन र इटाली लगायत केही देश कोरोना संक्रमणको चौथो चरणमा प्रवेश गरिसकेका छन् ।

यसरी वर्गीकरण गर्न सकिन्छ कोरोना संक्रमणका चार चरण !

पहिलो चरण : आयातित संक्रमण अर्थात् संक्रमण फैलिएका मुलुकमा भ्रमण गरेका मानिसबाट मात्र भाइरस देशमा भित्रिनु । अहिले सम्म नेपालमा ४ जनालाई संक्रमण देखिएको छ । ४ जना नै विदेशबाटै फर्किएका नेपाली हुन् । जसमध्ये १ जना सन्चो भएर घर फर्किसकेका छन् ।

दोस्रो चरण : स्थानीय रूपमा संक्रमण फैलिनु । बाहिरबाट आएका मानिसमा देखिएको संक्रमण स्थानीय मानिसहरू देखिने चरण । नेपालमा अहिलेसम्म विदेश नगएर यही बसेका व्यक्तिमा विदेशबाट आएका व्यक्तिद्वारा फैलिएको छैन ।

तेस्रो चरण : सामुदायिक रूपमा संक्रमण फैलिनु । यो चरणमा संक्रमित व्यक्तिसँग सिधै सम्पर्क बिना नै सर्ने चरण हो । यो सामुदायिक संक्रमणको अवस्था हो । यो अवस्था सम्म आइपुग्दा देशका धेरै क्षेत्र भाइरसबाट प्रभावित बनिसकेको हुन्छ ।

चौथो चरण : महामारीको चरण । यो कोरोना भाइरसको अन्तिम र भयानक अवस्था हो । यो अवस्थामा पुगिसकेपछि भाइरसको प्रकोप रोक्न निकै कठिन हुन्छ । विश्वका शक्तिशाली मुलुकले सम्म यो चरण रोक्न नसकेको अवस्थामा कम्तीमा, नेपाल यो चरणमा गयो भने हामीले रोक्न सक्ने अवस्था नै हुनेछैन ।

नेपाल सरकारले लकडाउनको घोषणा गरेको छ । नेपालमा पहिलो चरणमा नै कोरोनाको संक्रमणलाई रोक्नलाई लकडाउनको पूर्ण पालन गर्नुको विकल्प छैन । नेपाल सरकारले पनि कोरोना संक्रमित व्यक्तिको ट्राभल हिस्ट्री हेरेर धेरै भन्दा धेरै व्यक्तिको कोरोनाको जाँच गर्नुपर्छ ।

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्