Logo

प्रेस काउन्सिलले बन्द गरायो ३ वेभसाइट



Spread the love
प्रेस काउन्सिल नेपालले जारी गरेको सुचना

१५ चैत, काठमाडाैँ – कोरोना भाइरसले विश्व आतंकित भइरहेका बेला जनतामा त्रास फैलाउने खालका सामग्री सम्प्रेषण गर्ने ३ वटा वेभसाइट बन्द गरिएको छ ।

नेपाल प्रेस काउन्सिलले कोरोना सम्बन्धि समाचारजन्य सामग्री अतिरञ्जित पूर्ण शीर्षक राखेर प्रशारण गरेको र अनुगमन गर्दा उक्त वेभसाइटहरू दर्ता नभएको पाइएकाले बन्द गरिएको जानकारी दिएको छ ।

त्यसै गरी काउन्सिलले ३ वटा वेभसाइटलाई विवादास्पद सामग्री राखेबाले २४ घण्टाभित्र स्पष्टीकरण समेत मागिएको छ ।

हालसम्म काउन्सिलमा दर्ता नभइ अतिरञ्जित सामाग्री प्रशारण गर्ने ११ वटा वेभसाइटलाई नेपाल भित्र खुल्न नसक्ने बनाइएको छ भने २६ वटा साइटलाई जिम्मेवारीपूर्ण जवाफ माग समेत गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्