Logo

कोरोना अपडेट: २४ घण्टामा ७ हजार बढीको मृत्यु, ८५ हजार नयाँ संक्रमित



Spread the love

२८ चैत, काठमाडौं । विश्वभर महामारीमा रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा मात्रै ७ हजार २ सय ३४ को मृत्यु भएको छ भने ८५ हजार १० नयाँ संक्रमित फेला परेका छन् ।


अहिले सम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ९५ हजार ७१४ पुगेको छ । कोरोना भाइरस संक्रमितको संख्या १६ लाख ३ हजार ४२८ पुगेको छ । संक्रमितमध्ये ३ लाख ५६ हजार ४४० जना उपचारपछि घर फर्किएका छन् । अहिले ११ लाख ५१ हजार २७४ जना कोरोना भाइरसको उपचारका लागि अस्पताल तथा आइसोलेसनमा छन् । उपचाररतमध्ये ४९ हजार १२५ जनाको अवस्था चिन्ताजनक छ ।

अहिले सबैभन्दा बढी अमेरिकामा आजमात्रै ३३ हजार ५३६ जना नयाँ संक्रमित फेला परेका छन् । योसँगै अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ४ लाख ६८ हजार ५६६ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६ हजार ६९१ पुगेको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा ६५५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १५ हजार ४४७ पुगेको छ । ७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ भने ८५ हजार ६१० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

फ्रान्समा पछिल्लो २४ घण्टामा १ हजार ३४१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १२ हजार २१० पुगेको छ ।

यति बेला विश्व नै कोरोना भाइरसको महामारीसँग जुधिरहेको छ । भाइरसको नयाँ संक्रमन रोक्न कयौँ मुलुक लकडाउन गरिएका छन् । सर्वसाधारणहरूलाई बाहिर निस्किन, भिडभाड गर्न बन्देज गरिएको छ । पसल, गाडी लगभग बन्द जस्तै छन् । नयाँ संक्रमितको सङ्ख्या बढ्दो छ ।


प्रतिक्रिया दिनुहोस्