Logo

कोरोना भाइरसः बाग्लुङकी महिलामा पोजेटिभ



Spread the love

३० चैत, बाग्लुङ – बाग्लुङमा एक महिलामा कोरोना पोजेटिभ देखिएको छ । आज र्‍यापिड डाइगोनोस्टिक टेष्टमा नतिजा पोजेटिभ देखिएको हो।

बाग्लुङ जिल्ला काठेखोला गाउँपालिका वडा नम्बर ६ की ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिए पनि थप परीक्षणका लागि काठमाडाैँ वा पोखरा पठाउने तयारी भएको प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुले सल्लेरी खबरलाई बताएका छन् ।

कार्यपालिका सदस्य टीकासंगम बिकले बताए अनुसार र्‍यापिड डाइगोनोस्टिक टेष्टमा नतिजा पोजेटिभ देखिएकी महिला केही समय पहिले भारतबाट तीर्थयात्रा गरेर नेपाल फर्किएकी थिइन् ।

गत शुक्रबारदेखि जिल्लाभर थालिएको कोरोनो भाइरस र्‍यापिड डाइगोनोस्टिक टेष्टमा शनिबारसम्म ४ सय ७६ जनाको गरिएकोमा सबैका रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रारम्भिक परीक्षणमा पोजेटिभ देखिएकी उनलाई गाउँमै क्वारेन्टाइनमा राखिएको छ । उनका परिवारलाई भने कोरोना संक्रमण नेगेटिभ देखिएको छ । उनीसँग सम्पर्कमा रहेका अरूलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।

यो पनि पढ्नुहोस् !

कोरोना संक्रमित भेटिए सँगै थप सचेत छौँ – नगर प्रमुख पौडेल (अन्तर्वार्ता)

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्