Logo

आरडीटीबाट परीक्षण गर्दा भारतबाट आएका सप्तरीका २ जनामा कोरोना संक्रमण देखियो



Spread the love
Microscopic view of coronavirus.

२ वैशाख, लहान- सप्तरीका दुई जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ। गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा गरिएको परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

दिल्लीको निजामुद्दीन स्थित तबलिकी जमातमा सहभागी भएर फर्केका आठ जना मध्य २ जनाको पोजेटिभ देखिएको हो । उनीहरू मध्य ७ जनाको परीक्षण गरिएको थियो । सबैको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)बाट परीक्षण गरिएको हो ।

कोरोना पोजेटिभ दुवै जनालाई अस्पतालको आइसोलेसनमा राखेर उपचार सुरु गरिएको छ ।अस्पतालका प्रमुख डाक्टर चुमनलाल दासले भने “‘हामीले सात जनाको आरडीटी टेस्ट गर्दा पाँच जनाको रिपोर्ट नेगेटिभ र दुई जनाको पोजेटिभ आएको छ’ ।
सबैको थ्रोट स्वाब लिएर पिसिआर टेस्टका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको उनले बताए ।

उनीहरू भारतमा कोरोना फैलाउने मुख्य केन्द्रका रूपमा चिनिएको गत मार्च ८ र ९ नयाँ दिल्लीको निजामुदिन मस्जिदमा आयोजित धार्मिक भेलामा सहभागी भएर नेपाल फर्किएका थिए । उक्त भेलामा सहभागी भएकाहरूलाई नेपाल सरकारले पनि खोजीखोजी परीक्षण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्