Logo

करोडौँ खर्चेर बनाएको पक्की पुल दोस्रो पटक पनि किन भत्कियो ?



Spread the love

३ वैशाख, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका स्थित बडिगाड खोलामा निर्माणाधीन पक्की पुल दोस्रो पटक बाढीले बगाएको छ । 

बुधवार आएको बाढीले उक्त पक्की पुल बगाएको हो । मुसिकोट नगरपालिकाको वडा नम्बर सात र तीनलाई जोड्ने गरी निर्माण कार्य थालिएको उक्त पुल पटक-पटक बाढीले बगाउँदा स्थानीय चिन्तित बनेका छन् । वाइटि जय गुप्ता कन्स्ट्रक्सन कम्पनीले निर्माण थालेको उक्त पुलको लम्बाइ ५८ मिटर रहेको छ भने चौडाइ ७ मिटर रहेको छ । ६० प्रतिशत काम सम्पन्न भइसकेको अवस्थामा पुल भत्किए पछि पुनः कोरोडौँको क्षति भएको छ भने स्थानीयमा निराशा छाएको छ । गत वर्ष पनि ९० प्रतिशत काम सम्पन्न भइसकेको अवस्थामा बाढीले उक्त पुल भत्काएको थियो । 

नयाँ डिजाइनका कारण पुल भत्कियो ?

पटक पटक पुल भत्किनुको कारण इन्जिनियर तथा जनप्रतिनिधिहरुले नयाँ डिजाइन अर्थात् प्री स्टेट डिजाइनका कारण पुल भत्किएको बताउँदै आएका छन् । ठेकेदारको काम पुलमा प्रयोग गरिएका कच्चा पदार्थ अनुगमन भन्दा पनि डिजाइनलाई दोष दिईरहेका छन् । अर्को तर्फ प्राकृतिक विपत्तिसम्म भन्न भ्याएका छन् । गत वर्ष प्री स्टेट डिजाइनका कारण भत्किएको पुललाई अहिले पनि सोही डिजाइनमा पुल निर्माण गरिनुले स्थानीयमा आक्रोश पैदा गरेको छ । 


यो डिजाइन प्रति स्वयम मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा असन्तुष्ट छन् भने यता वडा नम्बर सातका वडा अध्यक्ष प्रकाश काफ्लेले पुलको डिजाइन परिवर्तन गरौँ भन्दा माथिल्लो विभागले नमानेको सल्लेरी खबरलाई बताएका छन् ।

मुसिकोट नगरपालिका तीन र सात लाई जोड्ने उक्ति पुलले मुसिकोट नगरपालिका धेरै वडाका नागरिकहरूलाई सहजता  प्रदान गर्दथ्यो भने दैनिक साना ठुला गरी २५ भन्दा बढी सवारीसाधन आवतजावत गर्ने वडा अध्यक्ष काफ्लेले जानकारी दिएका छन् । 

यद्यपि पुलको बारेमा यथेष्ट जानकारी दिन सबैले आनाकानी गर्छन् । यता जिल्ला स्थित भौतिक पूर्वाधार योजना कार्यान्वयन इन्जिनियर गोपी कृष्ण पुनले सल्लेरी खबरसँग कुरा गर्दै प्राकृतिक विपत्ति भनेका छन् । 

सबै खर्च ठेकेदारले ब्यहोर्न भनेतापनि साना तिना कमजोरीका कारण करोडौँ रकम बर्षनी खोलामा बगिरहेको छ भने काममा  समेत ढिला सुस्ती भइरहेको छ । 

सल्लेरी खबरले यसबारे थप कुरा बुझ्न खोज्दा अनुसन्धान गरिरहेको जनप्रतिनिधि तथा सम्बन्धित इन्जिनियरहरूले बताईरहेका छन् ।

यो पुल २०५७ सालमा सम्पन्न गर्ने लक्ष रहेको थियो । 

सम्बन्धित समाचार

निर्माण सम्पन्न हुने बेलामा ढलान गर्दा गर्दै पुल भत्कियो, ठेकेदार सहित पाँच घाइते

फलो अपः जनप्रतिनिधिले नै भने,”भ्रष्टाचारको कारणले गर्दा बन्दा-बन्दैको पुल भत्किन पुग्यो”

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्