Logo

वीरगञ्जका ३ जना कोरोना संक्रमितको रिपोर्ट फेरी पोजेटिभ



Spread the love

७ वैशाख, वीरगञ्ज । वीरगञ्ज २ छपकैयास्थित मक्की जामे मस्जिदमा बस्दै आएका तीन जना भारतीय जमातीमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको रिपोर्ट फेरी पनि पोजेटिभ देखिएको छ ।

उनीहरूको वीरगञ्जको नारायणी अस्पतालमा उपचार भइरहेको छ । उपचार गरिरहेका ४ जना मध्ये १ जनाको रिपोर्ट नेगेटिभ आएको छ । एक साता अगाडि कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो ।

नारायणी अस्पतालमा पीसीआर मेसिन आइसकेको केही सामान अभावले गर्दा सञ्चालन गर्न नसकिएको अस्पताल प्रशासनले जानकारी दिएको छ । अहिले कोरोना संक्रमितको आशंका गरिएका स्वाब सङ्कलन गरेर हेटौँडास्थित प्रादेशिक प्रयोगशालामा पठाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्