Logo

भाडा नतिरेपछि पूर्वराष्ट्रपति यादवलाई १५ दिनभित्र घर छोड्न घरधनीको अल्टिमेटम



Spread the love

भाडाको घरमा बस्दै आउनुभएका पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई १५ दिनभित्र घर छाड्न आग्रह गर्दै घर धनी रविभक्त विष्टले सार्वजनिक सूचना जारी गर्नुभएको छ ।सोमबार दैनिक पत्रिकामा सूचना निकालेर विष्टले घरको भाडा नपाएको र सम्झौतासमेत नवीकरण नगरेकाले राष्ट्रपति कार्यालय शीलतनिवास र पूर्व राष्ट्रपतिको सचिवालयलाई घर खाली गर्न आग्रह गर्नुभएको हो । विष्टले १५ दिनभित्र आफ्नो घर नछाडे कानुन बमोजिम अघि बढ्ने चेतावनीसमेत दिनुभएको छ ।

ललितपुर महानगरपालिका–४ बागडोलमा रहेको घरमा २०७२ साल कात्तिक २ गतेदेखि पूर्व राष्ट्रपति यादव बस्दै आउनुभएको छ । घरको सम्झौता गएको साउन १ गते नै सकिए पनि सरकारले नवीकरण र भाडा चुक्ता नगरेको सूचनामा उल्लेख गरिएको छ । विष्टले यसअघि पनि आफ्नो घर खाली गरिदिन लिखित तथा मौखिक आग्रह गर्दै आए पनि सुनुवाई नभएपछि सार्वजनिक सूचना नै जारी गर्नुपरेको उल्लेख गर्नुभएको छ ।

हेर्नुहोस् सूचना:

प्रतिक्रिया दिनुहोस्