Logo

कोरोना अपडेट : विश्वमा कहाँ के भइरहेको छ ?



Spread the love

एजेन्सी । चीनको बुहानबाट सुरु भइ कोरोना भाइरस विश्वभर फैलिएको छ । विश्वका अधिकांश देशमा लकडाउन गरिएको छ । आउनुहोस् जानौँ, विश्वमा कहाँ के भइरहेको छ ।

१. न्यूजिल्याण्डमा गएको २४ घण्टामा नयाँ संक्रमितको केस भेटिएको छैन । दुई दिन भयो न्यूजिल्याण्डमा संक्रमित भेटिएका छैनन् ।
२. दक्षिण कोरियाले ३ जनामा संक्रमित भेटिएको बताएको छ । ती तीनैजना बाहिरबाट आएका हुन् ।
३. चीनमा गएको २४ घण्टामा जम्मा एक जनामा कोरोना संक्रमण भेटिएको छ । चीनमा कोरोनाबाट गएको आठ दिनमा कसैको पनि ज्यान गएको छैन ।
४. भारतमा संक्रमितको सङ्ख्या बढ्दै जानुको साथै मृत्युदर पनि बढेको छ । भारतले परीक्षण पनि बढाएको छ । भारतले गएको २४ घण्टामा १९५ जनाको ज्यान गएको र ३९०० नयाँ केस भेटिएको बताएको छ ।
५.अमेरिकाको न्यूयोर्क सहरमा १० लाखभन्दा बढीमा कोरोना परीक्षण गरिएको छ ।
६. विश्वभर गरी ३६ लाख ४४ हजारभन्दा बढी संक्रमित भएका छन् भने २ लाख ५२ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । अमेरिकामा सबैभन्दा बढी प्रभावित भएको छ । अमेरिकामा ११ लाख ८० हजारभन्दा बढी संक्रमित छन् भने ६८ हजार ९३४ जनाको ज्यान गइसकेको छ । अमेरिकापछि स्पेन, इटाली, बेलायत, फ्रान्स, जर्मनी, रुस, टर्की र बेलायतमा बढी प्रभाव पारेको छ ।
७. इटालीमा दुई महिनापछि लकडाउन खुकुलो पारिएको छ । तर संगठित अपराधको समस्या भने बढीरहेको छ ।
८. फिनल्याण्डले २१ जुनबाट रेस्टुरेन्ट र पुस्तकालयजस्ता सार्वजनिक स्थान खोल्ने बताएको छ ।
९. फ्रान्सले ११ मेबाट लकडाउनमा केही छुट दिने बताएको छ ।
१०. हंगेरीमा हाइ स्कुलको परीक्षाको लागि विद्यार्थीहरु स्कुल जान थालेका छन् । यद्यपि देशमा लकडाउन छ ।
११.फुटबल एसोसियसनका अध्यक्ष ग्रेग क्लार्कले दर्शकबिना फुटबल खेलाइने बताएका छन् ।
१२. अष्ट्रियामा बेरोजगारी बढिरहेको छ । अष्ट्रियाको समाचार एजेन्सी एएनएका अनुसार अष्ट्रियामा अप्रिल महिनामा ५ लाख ७१ ह्जार ४७७ जना बेरोजगार भएका छन् । कुल जनसङ्ख्याको १२.८ प्रतिशतमा बेरोजगारी देखिएको एएनएले जनाएको छ । गएको सालको तुलनामा २ लाख १० हजारले भन्दा बढी बेरोजगार थपिएको छ । जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार अष्ट्रियामा १५ हजार ६२१ संक्रमित भएका छन् भने ६०० जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्