Logo

कोरोना भाइरसले गर्दा विश्वलाई ८.८ ट्रिलियन अमेरिकी डलरको घाटा



Spread the love


एजेन्सी । कोरोना भाइरसले विश्वभर सन्त्रास फैलाएको छ । सबै मानिसहरु घरमै ठप्प छन् । कुनै पनि किसिमका गतिविधिहरु हुन सकेका छैनन् । कोरोनाले विभिन्न क्षेत्रमा असर पारेको छ । जसमध्ये एक आर्थिक गतिविधि पनि हो ।

एसियन डेभलपमेन्ट बैंक (एडीबी) का ताजा तथ्यांक अनुसार कोरोनाले गर्दा विश्वलाई ५.८ देखि लिएर ८.८ ट्रिलियन अमेरिकी डलर घाटा लाग्न सक्ने बताएको छ ।

गएको महिना एडीबीले जुन भविष्यवाणी गरेको थियो त्यसकाे अहिले दुई गुणा बढी रहेको छ । महामारीको कारणले गर्दा विश्वभरका बजार अझै ६ महिना प्रभावित रहने अनुमानमा एडीबीले यो अनुमान गरेको हो ।

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ४४ लाख कटेको छ भने मर्नेहरुको संख्या ३ लाख नाघेको छ । सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ

प्रतिक्रिया दिनुहोस्