Logo

अर्काे संकटः सूर्य पनि लकडाउनमा



Spread the love


एजेन्सी । सौर्यमण्डलको प्रमुख ग्रह सूर्य जसलाई अन्य ग्रहहरुले परिक्रम गर्दछन् । सूर्यको क्षमतामा ह्रास आउँदै गइरहेको छ । सूर्यको तापक्रम कम हुँदा विभिन्न देशमा हिउँ पर्न सक्दछ । विभिन्न ठाउँमा भूकम्प अनि सुनामी आउन सक्दछ । बिना समय मौसम बदलिंदा अन्नबाली खराब हुन सक्दछ ।

वैज्ञानिकहरुले सूर्यमा सोलर मिनिममको प्रक्रिया चलिरहेको छ । अथवा सूर्य आराम गरिरहेको छ । केही विज्ञहरुले यसलाई सूर्यको लकडाउन भनी नामाकरण गरेका छन् । यस्तो स्थितिलाई राम्रो मानिंदैन ।

डेलीमेल वेबसाइटमा प्रकाशित समाचार अनुसार १७ र १८ शताब्दिमा यसै गरी सूर्य सुस्त भएको थियो । जस कारणले गर्दा पुरै यूरोपमा हिउँ परेको थियो । थेम्स नदी जमेर बर्फ भएको थियो । बालीनाली सबै नष्ट भएको थियो ।

अचम्मको घटना यो थियो कि सन् १८१६ को जुलाइमा मौसम वर्षाको थियो । तर, यूरोपका देशमा भने भयानक हिउँवर्षा भएको थियो । रोयल एस्ट्रोनोमिकल सोसाइटीले सूर्यले प्रत्येक ११ वर्षमा यस्तो गर्ने बताएको छ । नासाले पनि यो प्राकृतिक प्रक्रिया भएको मानेको छ । यसबाट डराउनु नपर्ने अनि कुनै पनि हिमयुग नआउने नासाले बताएको छ । यद्यपि नासाका वैज्ञानिकहरुले अत्याधिक चिसो हुने, अन्नबाली बिग्रन सक्ने, ज्वालामुखी फुट्न सक्ने जस्ता घटना बढ्ने जनाएका छन् ।

सन् १८१५ को अप्रिल १० मा इण्डोनेसियाको माउन्ट टम्बोरामा ज्वालामुखी विष्फोट भएको थियो । जसले गर्दा ७१ हजार मानिस मरेका थिए । सन् १८१६ को मेमा विभिन्न भागमा हिउँ परेको थियो ।

सूर्यजस्ता अन्य ग्रहहरूकाे चमकभन्दा सूर्यकाे चमक कम हुँदै गएकाे वैज्ञानिकहरूले जनाएका छन् । बितेकाे ९००० वर्षमा सूर्यकाे चमकमा पाँच गुणा कमी आएको छ ।

प्रतिक्रिया दिनुहोस्