Logo

हालसम्म नेपालमा कोरोना कुन जिल्लामा कति संक्रमित ?



Spread the love

६ जेठ ,काठमाडौँ।  विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक हप्ता याता नेपालमा संक्रमण निकै देखिएको छ ।

अब नेपालमा झन चुनौती बढेको छ । २ महिनाभन्दा बढी कोरोना संक्रमण फैलिएको तर अहिलेसम्म कोरोनाको संक्रमणबाट मुत्यु भएको थिएन् । दुईदिन यता कोरोनाको संक्रमणबाट २ जनाको मुत्यु भएको छ। उपचारका क्रममा धुलिखेल अस्पतालमा निधन भएकी सुत्केरी महिला र बाँकेको नरैनापुर गाउँपालिका दिपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका २४ बर्षीय युवकको आइतबार विहान ज्यान गएको छ । यसले गर्दा झन् गाउँ त्रसीत बनेको छ ।

हिजो कर्णाली प्रदेशमा पनि पहिलो कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । कर्णाली प्रदेशको दैलेख जिल्ला आठबीस नगरपालिकाका ३५ वर्षीय १ पुरुषमा कोरोना पुष्टि भएसँगै देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ ।

केहि हप्ता यता नेपालमा कोरोनाको संक्रमण दिन प्रतिदिन थपिदै गएको छ हिजो अर्थात् जेठ ६ गते अहिलेसम्म कुनै संक्रमित पुष्टि भएका छैन् भने हिजो मात्र ४ र अस्ति अर्थात् वैशाख ३० मा ८३ जनामा अहिले सम्मकै सबै भन्दा धेरै संक्रमण भएको थिए ।

धनुषा, खोटाङ, बाँके, दैलेख र सुनसरीगरि थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएसँग नेपालमा कोरोना भाइरस संक्रमितको सङ्ख्या ३७५ पुगेको छ भने ६ जना निको भएर घर फर्किएका छन् । २ जनाको मृत्यु भएको छ ।

नेपालमा अहिलेसम्म ३२ जिल्लामा कोरोना संक्रमण देखिएको छ । सबै भन्दा धेरै जोखिममा रहेको जिल्ला बाँके १००, पर्सा ९१, कपिलबस्तु ४१, उदयपुर ३१, रुपन्देही -२८, रौटहट -२३ र काठमाडौं ८ लगायतका जिल्ला रहेका छन् । यो तथ्यांक तयार हुन्जीसम्म

बाँके -१००
पर्सा -९१
कपिलवस्तु -४१
उदयपुर -३१
रुपन्देही -२८
रौटहट -२३
काठमाडौं -८
धनुषा -९
कैलाली -४
बारा -३
दाङ- ४
भक्तपुर -३
चितवन -३
मोरङ -३
धादिङ -३
बागलुङ-२
झापा -३
सर्लाही -२
महोत्तरी -२
बर्दिया -२
विराटनगर-२
धनकुटा-१
भोजपुर -१
कञ्चनपुर -१
सप्तरी -१
नवलपरासी- १
सिरहा -१
गुल्मी – १
मोरङ – १
खोटाङ – १
सप्तरी -१
दैलेख -१

प्रतिक्रिया दिनुहोस्