Logo

भारतीय मिडियामा ओलीको अभिव्यक्तिलाई लिएर खैलाबैला



Spread the love

काठमाडौं । भारतीय मिडियामा अहिले प्रधानमन्त्री केपी ओलीलाई लिएर खैलाबैला भइरहेको छ । नेपालले नयाँ नक्सा पारित गरेको विषयलाई भन्दा पनि केपी ओलीले दिएका अभिव्यक्तिलाई लिएर बढी चासो दिएको पाइन्छ । भारतका प्रमुख दैनिक पत्रिका, अनलाइन, टिभीमा प्रम ओलीको दिएको सत्यमेव जयते की सिंह मेव जयते र भारतबाट भित्रिएको कोरोना भाइरस कडा भन्ने अभिव्यक्तिलाई महत्व दिइ समाचार सम्प्रेषण गरिरहेका छन् ।

भारतीय मिडियाहरुले नेपाललाई चीनले उकासेको र चीनकै आडमा भारतको विरोध गरिरहेको बताएका छन् । एउटा हिन्दी टेलिभिजनले त अझ नेपाल र भारतको सीमा विवाद चरम उत्कर्षमा पुग्ने र नेपाल सरकारसँग कति सेना अनि भारत सरकारसँग कति सेना भन्दै तुलना गरिरहेको थियो ।

दि हिन्दुस्तान टाइम्सले अगिपछिका घटनामा झैं यसपाली पनि चीनको प्रभाव रहेको बताएको छ । इण्डियन एक्सप्रेसले कुटनीतिक वार्ताबाट नेपालले समस्या समाधान गर्न खोजेको उल्लेख गरेको छ । भारतले सत्यमेव जयतेलाई अँगाल्ने हुनाले दुई देशबीच राम्रो सम्बन्ध हुने पनि टाइम्सले लेखेको छ । टाइम्स अफ इण्डियाले भारत र नेपालबीचको सीमा विवाद थप चर्किन पुग्ने बताएको छ ।

मनिषा कोइरालालाई समेत भारतीय मिडियाहरुले खेदो खन्न छाडेनन् । मनिषाको ट्वीटलाई लिएर भारतीय मिडियाहरुले भारतको खाने चीनको गुन गाउने भन्दै चिच्याइरहेका छन् ।

भारतले वि.सं २००७ मा राजा त्रिभुवन दिल्लीमा शरण लिन गएपछि नेपालका हरेक राजनीतिक घटनाक्रममा हस्तक्षेप गर्दै आएको छ । नेपालले केही शब्द बोल्दा चीनको इशारामा नाचेको भन्दै पहिलादेखि नै आरोप लगाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्