Logo

काठमाडौं प्रवेश गर्न आरडीटी रिपोर्ट चाहिने



Spread the love

काठमाडौं । काठमाडौं प्रवेश गर्न आरडीटी रिपोर्ट चाहिने भएको छ । काठमाडौं प्रवेश गर्ने क्रममा वृद्धि हुँदा गृह मन्त्रालयले यस्तो निर्णय गरेको हो । यति मात्र नभई काठमाडौंका सबै नाकाहरु सिल गरिने र लकडाउनलाई थप कडाइ गर्ने गृह मन्त्रालयले जनाएको छ ।

गृहले स्थानीय निकायलाई उपत्यकामा नआइ नहुने अवस्थामा कुनै पनि व्यक्तिले आफ्नै आरडीटी परीक्षण गरी सोही परीक्षणको आधारमा उपत्यका प्रवेश अनुमति चाहिने बताएको छ ।

उपत्यकामा गाडी आउनुपुर्व जिल्लामा नै सुरक्षा निकायले निगरानी गर्ने र आगमनमा कडाइ गरिने निर्णय गृहमन्त्रालयले गरेको छ । काठमाडौंमा अनावश्यक रुपमा मानिस र सवारी साधनको आवतजावतले संक्रमण फैलाउन सक्ने भएकाले गृह मन्त्रालयले यस्तो निर्णय लिनु परेको हो ।

प्रतिक्रिया दिनुहोस्