Logo

कोरोना भाइरसः विश्वभर कहाँ के भइरहेको छ ?



Spread the love

एजेन्सी । चीनको बुहानबाट सुरु कोराना भाइरस विश्वभर फैलिएको छ । विश्वका अधिकांश देशहरु लकडाउनमा छन् । आउनुहोस् जानौँ, कहाँ के भइरहेको छ ।

१. जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार कोरोना भाइरसको महामारीबाट विश्वभर आजसम्म ३ लाख ४० हजार ८०५ जनाले ज्यान गुमाइसकेका छन् । यसैगरी विश्वभरमा ५२ लाख ८८ हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।

२.विभिन्न देशमा गरिएको फरक खालको टेस्टिंगको कारणले संक्रमित र मृतकको संख्या धेरै हुन सक्ने अनुमान गरिएको छ ।

३.विश्व स्वास्थ्य संगठनले अफ्रिकी महादेशमा कोरोना भाइरसले छुट्टै रुप लिएको बताएको छ । विश्वको अन्य भागको तुलनामा अफ्रिकी महादेशमा कोरोना संक्रमण तीव्र गतिले बढिरहेको छ ।

४.बेलायतमा लकडाउनको बेलामा पनि प्रधानमन्त्री बोरिस जोनसोनका मुख्य सल्लाहकार डोमिनिकले २६४ माइल यात्रा गरेको भनी राजनीतिक विवाद चर्किरहेको छ ।

५.मार्चपछि पहिलो पटक अमेरिकाको न्यूयोर्क सहरमा कोरोना भाइरसबाट मर्नेहरुको संख्यामा कमी आएको छ । शनिबार न्यूयोर्कमा कोरोना भाइरसबाट ८४ जनाले ज्यान गुमाएका छन् ।

६.जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार अमेरिकामा ९७, ०४८ जनाले ज्यान गुमाइसकेका छन् भने १६ लाख २१ ह्जार ६५८ जना संक्रमित भएका छन् ।

७. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोराना महामारीको बीचमा गल्फ खेलेको भनी विवादित भएका छन् । उनी ७५ दिनमा पहिलो पटक प्राइभेट गल्फ कोर्समा खेल्नको लागि गएका थिए ।

८. भारतमा विभिन्न प्रदेशमा फंसेकाहरुहरुलाई सरकारले विशेष रेलको व्यवस्था गरिरहेको छ । फंसेका नागरिकहरु धेरैजसो मजदर रहेका छन् ।

९.जर्मनीमा लकडाउन खुकुलो गर्दा धार्मिक समारोहमा सामेल भएका ४० भन्दा बढी मानिस संक्रमित भएका छन् ।

१०. फ्रान्सले ८ जुनबाट बेलायतबाट आउने यात्रीहरुका लागि १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने घोषणा गरेको छ । बेलायतले पनि विदेशबाट आउनेहरुलाई पनि यहीं नियम लगाएको छ ।

११. थाइल्याण्डले कोरोना भाइरसको उपचार खोज्नको लागि बाँदरमाथि परीक्षण सुरु गरेको छ ।

१२.स्पेनको सरकारले ला लिगा फुटबल म्याच ८ जुनदेखि सुरु गर्नको लागि अनुमति दिएको छ ।

१३.ब्राजिलमा कोरोना भाइरसबाट बितेको २४ घण्टामा ९६५ जनाले ज्यान गुमाएका छन् । यससँगै ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या २२,०१३ पुगेको छ भने संक्रमितको संख्या ३ लाख ४७ हजार ३९८ पुगेको छ ।

१४. स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा १ लाख ३१ हजार ८६८ जना संक्रमित भएका छन् भने ३८६७ जनाले ज्यान गुमाइसकेका छन् ।

१५. टर्कीको सरकारले देशव्यापी रुपमा ४ दिनको लागि कफ्र्यु थपेको छ ।

१६. कुवेतमा सरकारे सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई जेल सजायँ तथा १६ हजार अमेरिकी डलरसम्मको जरिवाना गरिने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्