Logo

चीनलाई शीतयुद्धतिर धकेल्दै छ अमेरिका– चीनीयाँ विदेशमन्त्री



Spread the love

एजेन्सी । चीनका विदेशमन्त्री वांग यीले अमेरिकाले चीनसँगको सम्बन्धलाई शीतयुद्धतिर धकेल्दै गएको बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै वांग यीले भने,“अमेरिकाका केही राजनीतक शक्तिले चीन र अमेरिकाबीचको सम्बन्धमा दरार पैदा गरिरहेको छ । चीन र अमेरिकाबीचको सम्बन्धलाई शीतयुद्धतर्फ धकलिरहेको छ । ”

“अमेरिका आफ्नो बाटोबाट हटिरहेको छ । तर, यसको मतलब यो होइन की सहयोगको कुनै सम्भावना छैन । दुई पक्षबीच विश्वका विभिन्न मुद्यामा सल्लाह र चर्चा हुनु आवश्यक छ ।” वांग यीले थपे ।

वांगले चीन र अमेरिकाको राजनीतिक व्यवस्था फरक भएको र दुबै देश आफ्ना जनताको इच्छा अनुसार देशको राजनीति तय भएको जनाएका छन् ।

वांग यीले कोरोना भाइरसको महामारीमा दुबै देशलाई एक आपसमा सहयोगको आवश्यकता भएको पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्