Logo

थप ६ जनामा कोरोना पुष्टि, संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुग्यो



Spread the love

१२ जेठ, काठमाडौँ। थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसंगै नेपालमा कोरोनाभाइरस संक्रमित संख्या ६८२ पुगेको छ।मन्त्रालयका अनुसार बर्दियामा ३, अछाम, काठमाडौँ, पर्सा १-१ गरि थप ६ जनामा संक्रमण देखिएको हो।

कोरोनाभाइरसको संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । वीरगन्जको नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भएका बारा कलैयाका एक ७० वृद्धलाई कोरोनाभाइरस पोजेटिभ देखिएको हो।

प्रतिक्रिया दिनुहोस्