Logo

हत्यामा संलग्न सबैलाई कारबाही गरिने– गृहमन्त्री रामबहादुर थापा



Spread the love

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले रुकुमको चौरजाहरीमा भएको दलित हत्यामा संलग्न सबै जनालाई कारबाही हुने बताएका छन् ।

प्रतिनिधि सभामा बोल्दै रामबहादुर थापाले भने, “ यो अति दुःखद घटना हो । सिंगो राष्ट्र यस घटनाबाट स्तब्ध भएको छ । दोषीलाई कडाभन्दा कडा सजाय दिनको लागि सरकार तयार भएको छ । घटनामा संलग्न दोषी उम्किन पाउँदैनन् ।”

गृहमन्त्रीले रुकुममा घटेको घटनाको सत्यतथ्य थाहा पाउनको लागि सहसचिवको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको पनि जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्