Logo

विश्वमा कोरोना : संक्रमित र मृत्यु हुनेको संख्या कति ?



Spread the love

१४ जेठ, काठमाडाैँ विश्वभर कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या ३ लाख ५२ हजार २ सय पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वमा ५६ लाख ८३ हजार आठ सय २ जनामा कोरोना संक्रमण देखिएको वर्ल्डोमिटले देखाएको छ ।



पछिल्लो २४ घण्टामा ९४ हजार २ सय २४ नयाँ संक्रमित थपिएका छन् । संक्रमणपछि मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ अहिलेसम्म ९८ हजार ९ सय २ जनाको मृत्यु भइसकेको छ। त्यस्तै, बेलायतमा २७ हजार १ सय ३०, इटालीमा ३२ हजार ९ सय ५५, फ्रान्समा २८ हजार ५ सय ३३, स्पेनमा २७ हजार १ सय १७, ब्राजिलमा २४ हजार ५ सय १२, बेल्जियममा ९ हजार ३ सय ३४ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्