Logo

रुकुम घटनाको छानबिन गर्नको लागि संसदीय विशेष समिति गठन हुने



Spread the love

काठमाडौं । रुकुमको चौरजहारीमा घटेको घटनाको निष्पक्ष रुपमा छानबिन गर्नको लागि संसदीइ विशेष समितिको गठन हुने भएको छ ।

सभामुख अग्नि सापकोटाले शुक्रबार प्रतिनिधिसभाकाे बैठकमा घटनाको छानबिनको लागि संसदीय छानबिन समिति गठन गरिने बताएका छन् ।

रुकुमको चौरजहारीमा घटेको घटनामा नवराज विकसहित ६ जनाको ज्यान गएको थियो । उक्त घटनाको निन्दा चारैतिर भइरहेको छ । नेपाली कांग्रेसले पनि संसदीय छानबिन समितिको गठन गर्नु पर्ने माग गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्