Logo

गण्डकी प्रदेशमा थप २५ जनामा संक्रमण



Spread the love

असार ३१, काठमाडौं । गण्डकी प्रदेशमा थप २५ जनामा संक्रमण देखिएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार पाँच जिल्लाका व्यक्तिमा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये म्याग्दीका ९ जना, तनहुँका ३ जना, नवलपरासी पूर्वका ११ जना, गोरखा र कास्कीका एक–एक जना रहेका छन् ।

संक्रमितहरुलाई सम्बन्धित जिल्लाका आइसोलेशनमा लैजाने तयारी भइरहेको छ ।

थप २५ जनासँगै गण्डकी प्रदेशमा संक्रमित हुनेहरुको संख्या १ हजार २ सय २८ पुगेको छ । यसैगरी गण्डकी प्रदेशका संक्रमितमध्ये ९ सय २५ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्