Logo

कांग्रेसले माग्यो प्रधानमन्त्री केपीको अभिव्यक्तिबारेमा धारणा



Spread the love

असार ३१, काठमाडौं । नेपाली कांग्रेले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समयमा बोलेका अभिव्यक्तिबारेमा सरकार र नेकपाको धारणा माग गरेको छ ।

नेपाली कांग्रेसका प्रवत्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरेर प्रधानमन्त्री केपी ओलीका विवादित अभिव्यक्तिप्रति पार्टीको गम्भीर विमत रहेको जनाएका छन् ।

प्रधानमन्त्रीजस्तो संवेदनशील पदमा रहेर सन्किन नमिल्ने बताउँदै प्रवत्ता शर्माको विज्ञप्तिमा लेखिएको छ, ‘प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल सरकारकै संस्थागत अभिव्यक्ति हो कि होइन ? संस्थागत प्रष्टीकरण अनिवार्य आवश्यक भएको छ ।’

केपी शर्मा ओलीले भगवान श्रीराम भारतका नभइ नेपालको पर्सा जिल्लाको ठोरीका भएको मनगणन्ते अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिको चारैतिर आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्