Logo

कोरोना भाइरसबाट थप एक जनाको मृत्यु



Spread the love

असार ३१, काठमाडौं । नेपालमा थप एक जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रौतहट जिल्लाको पर्रोहा नगरपालिका ७ का ३६ वर्षीय पुरुषको मृत्यु भएको बताएको छ ।

ती पुरुषको बुधबार दिउँसो साढे २ बजे वीरगञ्जको नारायणी अस्पतालको भेन्टिलेटरमा मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट मर्नेहरुको संख्या ३९ पुगेको छ ।

ती युवा भारतबाट आइ परिवारका अन्य सदस्यसहित क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइनमै बसेको बेलामा रुघाखोकी, ज्वरो स्वासप्रश्वासमा समस्या भएपछि उनलाई नारायणी अस्पतालको आईसीयूमा राखिएको थियो ।

उनमा आज नै कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्