Logo

बिल गेट्स, जेफ बेजोस, एलन मस्क लगायत अन्यको ट्विटर अकाउन्ट ह्याक



Spread the love

एजेन्सी । अर्बपति बिल गेट्स, जेफ बेजोस, एलन मस्क लगायतका विश्वका अन्य व्यापारी र नेताहरुको ट्विटर अकाउन्ट ह्याक भएको छ ।

यस ह्याकलाई किङ्ग बिटक्वाइन स्क्याम बताइएको छ । ह्याक भएका अकाउन्टमा ट्वीट गर्दै मानिसहरुसँग बिटक्वाइनमा पैसा मागिएको छ ।

बिल गेट्सको अकाउन्टमा ट्वीट गरिएको छ,‘जसले मलाइ समाजलाई फिर्ता गर्नुपर्ने भन्छन् । तंपाई मलाइ एक हजार डलर दिनुहोस् म तंपाईलाई दुई हजार डलर फिर्ता गर्छु ।’

टेस्ला र स्पेस एक्सका प्रमुख एलन मस्कको अकाउन्टमा पोस्ट भएको ट्वीटमा अबको एक घण्टामा बिटकाइनमा पठाइएको पैसा दुई गुणा फिर्ता गरिने भनी लेखिएको थियो ।

पोस्ट भएको केही समयभित्रै ट्वीट डिलिट गरिएको थियो ।

अमेरिकन कलाकार कान्ये वेष्ट, पूर्वराष्ट्रपति बाराक ओबामा र डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति उम्मेदवार जो बिडेनका साथमा अन्य विश्वका विभिन्न कम्पनीहरुको अकाउन्ट ह्याक गरिएको थियो ।
ट्वीटरले ह्याकिङको बारेमा जाँच गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्