Logo

सुदूरपश्चिम प्रदेशमा थप १४ जनामा संक्रमण



Spread the love

साउन १, काठमाडौं । सुदूरपश्चिम प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण भएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालका अनुसार कैलाली, कञ्चनपुर र बझाङका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १ हजार ९१ पुगेको छ । संक्रमितमध्ये हालसम्म १ जनाको ज्यान गएको छ भने ७५ जना निको भइ अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्