Logo

ओली र दाहालको अर्को बैठक पनि निष्कर्षबिहीन



Spread the love

साउन १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपाका अध्यक्ष र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भएको भेटवार्ता आज पनि निष्कर्षबिहीन टुंगिएको छ ।

दुई अध्यक्षबीच विगत केही दिनयता वार्ता भइरहेको छ तर निष्कर्षमा पुग्न सकेको छैन । आज भएको भेटवार्तामा दुई अध्यक्षसँग नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेल पनि थिए ।

प्रचण्ड र नेपालले ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिएर समस्या सुल्झाउनत लगाएको स्रोतले बताएको छ ।

शुक्रबार फेरि सहमतिको लागि बैठक बस्ने छ । दुबै अध्यक्ष आफ्ना–आफ्ना अडान लिएर बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्