Logo

कर्णाली प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण



Spread the love

साउन १, काठमाडौं । कर्णाली प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेखका ५ जना, सल्यान र जाजरकोटका दुई–दुई जना, सुर्खेत, मुगु र रुकुमपश्चिमका एक–एक जनामा संक्रमण पुष्टि भएको छ ।

थप १२ जनासँगै कर्णाली प्रदेशमा भाइरसबाट संक्रमित हुनेहरुको संख्या १ हजार ७२६ पुगेको छ ।

कर्णालीमा हालसम्म संक्रमितमध्ये ६ जनाको ज्यान गइसकेको छ भने १ हजार ४८८ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्