Logo

प्रधानमन्त्री केपी शर्मा ओलीकाे अभिव्यक्तिकाे कारण भारतमा एक नेपालीको कपाल मुण्डन गरियो



Spread the love

साउन २, काठमाडौं । भारतको बनारसमा एक नेपालीको कपाल मुण्डन गरिएको छ । बनारसमा काम गर्न गएका एक नेपालीको भारतीय विश्व हिन्दु सेनाका कार्यकर्ताले जबरजस्ती कपाल मुण्डन गरेर टाउकामा जय श्रीराम लेखिदिएका छन् ।

हिन्दु सेनाका कार्यकर्ताले राम नेपालमा जन्मेको नभइ भारतमा जन्मिएको भनी नारा लगाउन समेत लगाएका थिए । यति मात्र नभइ प्रधानमन्त्रीका विरुद्ध पनि बोल्न लगाएका थिए ।

हिन्दु सेनाले केपी शर्मा ओलीलाई आफ्नो बोली फिर्ता लिन पनि लगाएका छन् ।

केही दिन अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले राम नेपालमा जन्मिएको भनी अभिव्यक्ति दिएपछि भारतीय हिन्दुहरुले विरोध गर्दै आएका छन् ।

विश्व हिन्दु सेनाका संरक्षक अरुण पाठकले आफ्ना कार्यकर्ताले सही गरेको भन्दै प्रधानमन्त्री ओलीलाई भनाइ फिर्ता लिनका लागि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्