Logo

सुचना र प्रविधिमा नेपाली समाज रुपन्देही ।



Spread the love

नेपाली समाज रुपन्देही सञ्चारको विकाससंगै नेपाली युवाहरुको सुचना तथा प्रविधिमा बढ्दो आकर्षणलाई मध्य नजर राख्दै त्यी युवाहरु बीच विभिन्न प्रतिस्पर्दा गराउन र उनीहरुलाई सुचना तथा प्रविधिको अनेक विधा जस्तेै कम्प्युटर प्रोग्रामिङ प्रतिको आकर्षण अझ बढाउन र नविन प्रोग्रामिङहरुको बारेमा ज्ञान तथा बौद्धिक क्षमतामा प्रोग्रामिङले के कस्ता फाइदा दिने जस्ता विभिन्न तालिम दिने तथा प्रविधिको क्षेत्रमा नेपालीलाई अन्तराष्ट्रिय स्तरका चिनाउने हेतुले खोलिएको एक संस्था हो ।

यही शनिवार अर्थात २३ गते का दिन नेपाली समाज रुपन्देहीले Preliminary contest(selection round) को आयोजना गरेको थियो। जसमा नेपालभरीका ३५ कलेज र १३ स्कुल सहित जम्माजम्मी ८० टिमको सहभागी भएको थिए। जसमा विधार्थीहरुलाई मध्यनजर गर्दै यो प्रतियोगिता अनलाइन बाटै आयोजना गरेको थियो । ५ धण्टा को प्रतियोगितामा विधार्थीहरुको उल्लेखनिय उपस्थिती रहेको थियो ।

यस छनोट प्रतियोगितामा टप ६० टिमलाई यहि माघ ११ र १२ गते काठमाडौँमा हुने विशाल प्रतियोगितामा सहभागी हुने छन् । जसमा पुरस्कार रकम १ लाख रहेएको छ ।

प्रतिक्रिया दिनुहोस्