Logo

मोदिले आफु चढ्ने कार आँफै ल्याउने, के नेपालसँग छैन त्यस्तो कार



Spread the love

काठमाडौं – चीन भ्रमण सकेको ११ दिनमा नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै कार ल्याउने भएका छन् । भारतीय सेनाको विमान काठमाडौं उत्रिनु तीन दिन अघि नै उनी चढ्ने कार काठमाडौं र जनकपुर आइसक्नेछन् । उनी विशेष प्रकारको कार प्रयोग गर्छन् । आजको कान्तिपुरमा यो खबर छ ।

आन्तरिक उडानका लागि उतैबाट हेलिकप्टर ल्याउन ेवा नेपाली सेनाको हेलिकप्टर प्रयोग गर्ने भन्ने छलफल चलिरहेको छ । यसअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जीले भने बुद्ध एयरको विमान प्रयोग गरेका थिए । २०७१ साउन र मंसिरमा नेपाल भ्रमणमा नेपाल भ्रमण गर्दा पनि मोदीले आफ्नै कार ल्याएका थिए ।

कतारले अनुदानमा दिएको कारबाहेक तीन वटा बुलेट प्रुफ कार पनि छन् । पछिल्लो समय नेपालसँग आगन्तुक भीभीआईपीले प्रयोग गर्ने कार छ । तर, मोदीले यस पटक पनि आफैं कार ल्याउन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्