Logo

सरकारलाई विप्लवको चुनौती, रोल्पामा गर्यो नेकपाले शक्ति प्रदर्शन



Spread the love

सरकारले एकपछि अर्को मुद्दामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको (नेकपा)का नेता तथा कार्यकर्ताहरू गिरफ्तार गरिरहेको बेला माओवादी जनयुद्धको उदगम स्थल मानिने रोल्पामा नेकपाले आज शक्ति प्रदर्शन गरेको छ ।

सरकारको दमनलार्इ प्रतिरोध गर्ने चेतावनी सहित रोल्पामा विप्लव नेकपाका युवाहरूले रातो मार्चपास गरेका छन् । चार महिना संगठन सुदृढीकरण तथा विस्तार अभियान अन्तर्गत नेकपाले आइतबार रोल्पामा सयौं युवाको सहभागितमा अभियान शुरू गरेको छ ।

यो अभियानले सरकारको राज्य आतंकलार्इ चुनौती दिन ठूलो भूमिका खेल्ने योंग रेड फोर्स रोल्पाका नेताहरूले बताएका छन् ।

 

 ‘राज्य दमन बन्द गर, प्रतिरोध संघर्षलार्इ अगाडि बढाउँ’ भन्ने नारा सहित ब्यानर बोकेर नेकपाका कार्यकर्ताहरू अभियानमा हिडेका छन् । जुन अभियानको नेतृत्व भने नेकपाकी केन्द्रीय सदस्य सम्झना घर्तीले गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्