Logo

बालिका हत्या प्रकरण : उच्चस्तरीय छानबिन समिति गठन



Spread the love

महोत्तरी औरहीमा भएको आठ महिने बालिका हत्याको छानबिन गर्न प्रदेश सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ ।

आज प्रदेश नं २ प्रदेशसभा बैठकमा उठेको प्रश्नको जवाफ दिँदै आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले बालिका हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन हुने बताए ।

घटनाको निष्पक्ष छानबिन गरी हत्यामा संलग्न व्यक्तिलाई कडा कारवाही गरिने उनले बताए ।

आठ महिने बालिका सोनाली चौधरीको बलात्कार गरी हत्या गरिएको आङ्शका गरिएको छ । मन्त्री यादवले बलात्कार विरुद्ध प्रदेश सरकारले कडा कानून बनाउने प्रतिबद्धता व्यक्त गर्दै रौतहट लालबकैया नदीमा पाँच जनाको मृत्यु हुनेगरी भएको डुङ्गा दुर्घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारवाहीे गरिने पनि बताए ।

मन्त्री यादवले भ्रष्टाचारमुक्त समाज निर्माण गर्न प्रदेश सरकारले छिट्टै सुशासन सम्बन्धी विधेयक समेत ल्याइने जानकारी दिए । रासस 

प्रतिक्रिया दिनुहोस्