Logo

कर्णाली प्रदेशका मन्त्री ज्वाला र खत्रीद्धारा विभिन्न ठाउँको अनुगमन



Spread the love

पश्चिम सल्यानको विभिन्न ठाउँमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र भौतिक योजना तथा यातायात मन्त्री खडक बहादुर खत्रीले विकासको अनुगमन गरेका छन ।

मन्त्रीद्धयले देवस्थल कैनकाडा चौरजहारी सडकको अनुगमन गरेका हुन । उक्त सडक अनुगमननको क्रममा काम भैरहेको ठाउँमा संतोषजनक भएको र आउदो बाकी काममा आफुहरुले तत्काल पहल गरेर छिटोभन्दा छिटो काम गर्ने लगाउने र यस सडकको लागि प्रदेश सरकारको तर्फबाट स्तर वृद्धिको लागि आवश्यक बजेट विनियोजन गर्ने मन्त्री खत्रीले आशवासन दिएका छन । अहिले देवस्थल चौरजाहारी सडकमा नाथेखोलामा पुल निर्माणकार्य र सल्लीबजार देखि ५ किलोमीटर स्तर वृद्धि काम भैरहेको छ ।

साथै बनगाड कुपिण्डे नगरपालिकाको एउटा मात्रै क्याम्पस बनगाड क्याम्पसको पनि अनुगमन उनिहरुले गरेका छन । क्याम्पस अनुगमनका क्रममा क्याम्पसमा अब शिक्षा विषय भन्दा पनि प्राबिधिक विषय तिर जोड दिनुपर्ने बताए । क्याम्पसको विकासको लागि योजना बनाएर अगाडि बढेमा प्रदेश सरकार सधै सहयोगको लागि तयार रहेको मन्त्री ज्वालाले बताए । क्याम्पस प्रमुख विरेन्द्र शाहिले तत्काल बजेट व्यवस्थापन गरी विद्यार्थीलाई परिक्षा दिन सुर्खेत सिम्ता क्याम्पस र सल्यान खलंगा जानुपर्ने वाध्यता अन्त्य गरिदिनको लागि बजेटको व्यवस्थापन गरिदिन मन्त्री ज्वालालाई अनुरोध गरे ।

अनुगमनकै क्रममा गत जेष्ठ २८ गते राती आएको अविरल वर्षाका कारण बनगाड कुपिण्डे नगरपालिकाको सल्लीबजारको गैली बजारमा आएको बाढिले क्षेती पुगेकालाई प्रदेश सरकारको तर्फबाटबाट सक्दो राहत मन्त्री ज्वालाले बताए । वास्तविक क्षेतिको विवरणको मुचुल्का उठाएर जिल्ला प्रशासन कार्यालयबाट प्रदेश सरकार पठाउन बाढी पीडितहरुलाई अनुरोध गरे । छिन्चु जाजरकोट सडक खण्डको बनगाड खोलामा बन्दै गरेको पुलका कारण जेष्ठ २८ गते बाढी आएको थियो ।

सल्यानमा घर भत्किदा एकै घरका पाँच जनाको मृत्यु

प्रतिक्रिया दिनुहोस्