Logo

सरकारले अन्याय गरेको भन्दै प्राविधिक कर्मचारी आन्दोलित



Spread the love
शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत विभिन्न डिभिजन कार्यालयहरूमा अस्थाई तथा करारमा कार्यरत प्राविधिक कर्मचारीहरूले आफूहरूलाई सरकारले अन्याय गरेको भन्दै सोमबार बाट आन्दोलन सुरु गरेका छन् ।
आज आन्दोनलको पहिलो दिन शहरी विकास तथा भवन निर्माण विभाग बबरमहल अगाडी धर्ना दिएका छन् ।उनीहरूले “उचित सेवा सुविधाको व्यवस्था गर, लोकसेवा आयोगको प्रक्रिया पुरा गरी आएका प्राविधिकहरूको उचित व्यवस्थापन गर, आसेपासेहरूलाई भर्ना गर्ने प्रवृत्ति बन्द गर, प्राविधिकहरूको मागलाई बेवास्ता गर्न पाइँदैन” भन्ने नारा सहित धर्ना कार्यक्रममा उत्रेका थिए ।
सल्लेरी खबर सँग कुरा गर्दै कैलाली जिल्लामा कार्यरत सब-इन्जिनियर मदन भट्टले भने “हामी पहिला जुन काममा कार्यरत थियौ, हामीहरूलाई त्यही काममा पुन : निरन्तरता दिइयोस् , हामीहरूले लोकसेवा आयोगको प्रक्रिया पुरा गरेर आएकोले स्थाई तथा दीर्घकालीन व्यवस्थापन गरियोस् , अस्थाई तथा करार कर्मचारीले पाउने सबै सेवा सुविधा हामीले पाउनुपर्छ “। धर्ना कार्यक्रममा बोल्दै भट्टले सरकारी पक्ष बाट लिखित प्रतिबद्धता नजनाए सम्म धर्ना तथा दबाब कार्यक्रम चलिरहने र आफूहरूको माग लाई बेवास्ता गरे, सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिए । साथै भोलिबाट देशै भरिका करारमा रहेका प्राविधिक कर्मचारीहरू काठमाडौँ आइपुग्ने भट्टले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्