Logo

निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै काठमाडौँमा विशाल प्रदर्शन (भिडियो)



Spread the love

कञ्चनपुरमा ५१ दिनअघि बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको न्यायको निम्ति शनिवार काठमाडौँमा विशाल प्रदर्शन भएको छ ।

‘निर्मलाका निम्ति न्याय’ नाम दिइएको प्रदर्शन माइतीघर मण्डलाबाट सुरु भएर बानेश्वरमा कोण सभामा बदलिएको छ। प्रदर्शनमा सयौँ सर्वसाधारण सहभागी भएका छन् ।

प्रदर्शकारीले मौन बसेको ‘सरकार किन बढ्दैछ बलात्कार ?, निर्दोषलाई यातना, दोषीलाई उन्मुक्ति ?’, ‘सरकारले देखायो लाचारी, त्यसैले हाम्रो खबरदारी’ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

निर्मला घटनाका दोषी अझै कारबाहीको दायरमा आउन नसकेको अवस्थामा स्वस्फुर्त रूपमा सयौँ सर्वसाधारण जनता सहभागी भएका छन् । घटना भएको २ महिना बित्न लाग्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन नसकेको भन्दै जनता आक्रोशित छन् ।

केही  दिन अगाडि न्याय माग्दै निर्मलाका आमा, बुवा पनि काठमाडौँ आएका छन् । शुक्रवार संघीय संसदमा सम्बोधन गर्दै गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले हत्याका दोषी छिट्टै कानुनी कठघरामा आउने जानकारी दिएका थिए ।

शनिवार देशका अधिकांश मुख्य शहर तथा अन्य स्थानमा दोषी पत्ता लगाई कारबाहीको माग गर्दै प्रदर्शन गरिएको छ ।

भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोस् !

सम्बन्धित समाचार:

निर्मलापछि फेरि कञ्चनपुरमै दुई बालिका बलात्कृ

कञ्चनपुरको आन्दोलनमा गुम्यो प्रशासनको संयमता

प्रतिक्रिया दिनुहोस्