Logo

१२ कक्षाको मौका परीक्षाको नतिजा भोलि प्रकाशित हुँदै



Spread the love

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि मौका परीक्षाको नतिजा बुधवार प्रकाशित गर्ने भएको छ ।

डि प्लस वा सोभन्दा मुनी कुनै एक विषयमा ग्रेड वृद्धि गर्न चाहने विद्यार्थीलाई परीक्षामा सहभागी गराइएको थियो । यदि ग्रेड वृद्धि परीक्षामा सामेल हुने विद्यार्थीले पहिलेको भन्दा कम ग्रेड ल्याएमा पहिलेकै ग्रेड कायम गरिने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।

गत भदौ १६ गते ग्रेड वृद्धि मौका परीक्षा सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्