Logo

विप्लवको ध्यान चन्दा, आन्दोलन राजनीतिक, उद्देश्य ध्वंशात्मक



Spread the love

सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक वार्ता समितिलाई चारवटै सुरक्षा निकायका प्रमुखले ‘विप्लव’ नेतृत्वको आन्दोेलन राजनीतिक भएको बिफ्रिङ गरेका छन् ।

समितिले सुरक्षा निकायका प्रमुखसँग लिएको सुझावमा ध्वंसात्मक आन्दोलनतर्फ मोडिएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व तत्काल हेर्दा राजनीतिक कार्यदिशाबाट निर्देशित रहेको बिफ्रिङ गरेका हुन् ।

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दीलिप रेग्मी र नेपाली सेनाका अधिकारीले विप्लव समूहको आन्दोलन राजनीतिक रूपमै समाधान गर्न समितिलाई आग्रह गरेका छन् ।

द्वन्द्वरत र असन्तुष्ट राजनीतिक दल तथा समूहसँग वार्ताको तयारी गरिरहेको समितिले केही दिनअघि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायत राजनीतिक दल तथा समूहलाई वार्तामा आउन आग्रह गरेपछि सुरक्षा निकायका प्रमुखहरूसँग द्वन्द्वरत पक्षहरूको अवस्थाबारे बिफ्रिङ लिएको थियो । सुरक्षा निकायका प्रमुखहरूले द्वन्द्वरत पक्षहरू राजनीतिक आन्दोलनको नाममा चन्दा उठाउन थालेको र त्यसको पैसा भोलिका दिनमा गलत स्थानमा प्रयोग हुनसक्ने खतरासमेत रहेको बताएका थिए ।

स्रोतका अनुसार बिफ्रिङमा सहभागीहरूले वार्ता समितिलाई राजनीतिक र अपराधिक क्रियाकलाप गर्ने समूहको पहिचान गर्दे वार्ता गर्न सुझाव दिएको थिए भने राजनीतिक समूहलाई वार्तामा हेलचेक्राइँ नगर्न समेत सुझाव दिएका थिए।

प्रतिक्रिया दिनुहोस्