Logo

सरकारले शान्ति सुरक्षा दिन सकेन : सिटौला



Spread the love

२५ असोज, विराटनगर- नेपाली काङ्ग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले सरकारले शान्ति सुरक्षा दिन नसकेको आरोप लागाएका छन । उनले भने, “हत्या, हिंसा तथा बलात्कारका घटना वृद्धि भएका छन । सरकारले जनताको हितमा काम गरेमा प्रतिपक्षको हैसियतले समर्थन गर्न कुनै समस्या छैन । तर, गलत कार्यको सदैव विरोध गर्छौ ।”

विराटनगरमा हिजो सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले जनताको सुरक्षाको अनुभूति प्राप्त गर्ने सुरक्षा नीति ल्याउन माग गरे । उनले निर्मला पन्त हत्या काण्डको दोषी छिटो पक्राउ गर्नुपर्ने माग गर्दै सरकारले जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्