Logo

शृङ्खला खतिवडा मिस वर्ल्ड–२०१८ को सेमिफाइनलमा प्रवेश



Spread the love

 

Image may contain: 1 person, smiling, standing

चीनको सान्यामा  जारी मिस वर्ल्ड–२०१८ को विभिन्न चरणका प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी मिस नेपाल–२०१८ शृंखला खतिवडा अघिल्लो चरणमा पुगेकी छन्। एक सय २१ देशका सुन्दरी सहभागी प्रतियोगितामा शृंखला उत्कृष्ट ३० मा छनोट भएकी शृङ्खला सेमिफाइनलमा पुगेकी हुन् ।

खतिवडाले टप मोडेल विधा अन्तर्गत आफु सेमिफाइनलमा पुगेको बताएकी हुन् । उनले भनेकी छिन ‘सेमीमा प्रवेश गर्दा म अत्यन्त खुशी छु । प्रतिस्पर्धाको कठिन अवस्थालाई शानदार तरिकाले सम्हाल्न सकेकोमा प्रतिस्पर्धीले मलाई बधाई दिएका थिए’, उनले लेखेकी छन्, ‘नेपालीले दिएको माया र विश्वासप्रति आभार प्रकट गर्दै सबैलाई धन्यवाद दिन चाहन्छु ।’ डिसेम्बर ८ मा चीनको सान्या सहरमा मिस वर्ल्ड–२०१८ प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा हुँदैछ।

यो पनि हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्