Logo

काँग्रेसमा सहमति : ७ सहमहामन्त्री सहित १३ केन्द्रीय पदाधिकारी



Spread the love

लामो समयको विवाद पछि नेपाली काँग्रेसमा केन्द्रीय पदाधिकारीमा सहमति भएको छ । अब अबदेखि काँग्रेसका ७ सहमहामन्त्री सहित केन्द्रीय पदाधिकारीको सङ्ख्या १३ जनाको हुने भएको छ ।

नेताहरूबिच भएको सहमति अनुसार १ सभापति, उपसभापति २, महामन्त्री २ सहमहामन्त्री ७ र १ कोषाध्यक्ष गरेर १३ जना केन्द्रीय पदाधिकारी हुने भएका छन् ।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबिच शुक्रवार भएको सहमतिअनुसार सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीहरु निर्वाचनबाटै निर्वाचित हुनेछन् भने सहमहामन्त्री समावेशिताको आधारमा निर्वाचित हुने व्यवस्था गरिएको छ । कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्य मध्येबाट सभापतिको प्रस्तावमा केन्द्रीय समितिले सहमति भएको छ । प्रवक्ता पनि केन्द्रीय सदस्य बाटै सभापतिको प्रस्तावमा केन्द्रीय समितिले चुन्ने छ ।

यसअघि ७ जना रहेको काँग्रेस पदाधिकारी सङ्ख्या अब १३ पुग्ने भएको छ। यसअघि नेताहरूबिच आठ सदस्यीय पदाधिकारी राख्ने सहमति भए पनि पदाधिकारीमा समावेशिता नभएको भन्दै केन्द्रीय कार्यसमिति बैठकमा नेतृत्वको विरोध भएपछि छलफल लम्बिएको थियो।

४ दिनका लागि तोकिएको महासमिति बैठक पदाधिकारी सङ्ख्या, सभापतिको अधिकारजस्ता विषयमा विवाद हुँदा लम्बिएर आज सातौँ दिनमा आइपुगेको छ।

प्रतिक्रिया दिनुहोस्