Logo

काँग्रेसको विरोधका बाबजुद राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट पनि पारित



Spread the love

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसदहरूको विरोधका बाबजुद राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट पनि पारित भएको छ । बैठकको सुरु देखि नै काँग्रेसका सदस्यले उठेर विरोध जनाइरहेकै बेला बहुमतको आधारमा विधेयक पारित भएको हो ।

प्रतिनिधिसभाबाट सन्देश सहित राष्ट्रियसभामा पठाइएको विधेयक बहुमतले पारित भएको छ ।

चिकित्सा शिक्षा विधेयकमाथि राष्ट्रियसभामा दुईवटा संशोधन प्रस्तावसमेत दर्ता भएको थियो । अध्यक्ष गणेश तिमिल्सिनाले निर्णयार्थ पेस गरेका दुवै संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।

प्रतिनिधि सभाबाट पारित भइसकेको यो विधेयक राष्ट्रिय सभाले पनि पारित गरिसकेपछी अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐन बनेर लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्