Logo

सेस नेपालद्वारा ‘सिभिल इन्जिनियरिङ्ग टक’ कार्यक्रम सम्पन्न (फोटो फिचर)



Spread the love

सिभिल इन्जिनियरिङ्ग विद्यार्थी समाज ( सेस नेपाल ) पुल्चोक क्याम्पसद्वारा यही मिति २०७५ साल माघ २४, २५ र २६ गते पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसमा सञ्चालन हुन गैरहेको “१० औं राष्ट्रिय सिभिल इन्जिनियरिङ्ग प्रदर्शनी एवम् प्रतियोगिता”लाई लक्षित गरी प्रि-इभेन्टको रुपमा “सिभिल इन्जिनियरिङ्ग टकः लर्निङ बियोन्ड द करिकुलम” कार्यक्रम सम्पन्न गरेको छ ।

सेस नेपालको आयोजना तथा सिभिल विभाग र स्ववियु पुल्चोकसँगको सहकार्यमा भएको उक्त कार्यक्रममा ३ जना स्पिकरहरूद्वारा सिभिल इन्जिनियरिङ्गसँग सम्बन्धित विभिन्न विषयवस्तुहरूमा प्रिजेन्टेसन सहितको प्रस्तुति राखिएको थियो ।

स्पिकरहरूमा टोक्यो युनिभर्सिटीका फर्मर भिजिटिङ प्रोफेसर, पुर्वाधारविद् एवम् विवेकशील साझाका प्रवक्ता समेत रहेका प्रा.डा. सुर्यराज आचार्य, त्यसैगरी नेपाल विद्युत प्राधिकरणका पुर्व जेनरल म्यानेजर उपेन्द्र देव भट्ट र स्ट्रकचरल इन्जिनियरिङका सोधकर्ता दिपेन्द्र गौतम गरी ३ जनाले बोलेका थिए ।

कार्यक्रममा “परिवर्तित सन्दर्भमा नेपालमा पुर्वाधार विकास ः चुनौती र सम्भावना” शिर्षकमा बोल्दै प्रवक्ता आचार्यले नेपालको युवा इन्जिनियरिङ जनशक्तिको अधिकतम सदुपयोग गरी ठुला पूर्वाधार आयोजनामा समेत डिजाईन र निर्माणमा पर्याप्त हुने तहको आन्तरिक क्षमता विकास गर्ने एजेन्डा सरकारको प्रथमिकतामा हुनु पर्ने तर्क दिए । तर नीतिगत तहमा हाबी रहेको सोच र दृष्टिकोण यो एजेन्डा प्रति उदासिन रहेको उनको गुनासो रह्यो । युवा इन्जिनियर लगायत सम्पुर्ण इन्जिनियरिङ्ग समुदायले पूर्वाधार विकासका लागि हाम्रो आन्तरिक क्षमता विकासका लागि ठोस पहल गर्नु पर्ने टड्कारो आवश्यकता रहेको उनको दाबी थियो ।

यो पनि पढ्नुहोस् ः

“सिंहदरबारमा तपाईंका लागि कुनै पनि योजना बन्दै छैन” : प्रवक्ता आचार्य

त्यसैगरी अन्य स्पिकरहरूले पनि आ-आफ्नो विषयमा धारणा राख्दै अबका इन्जिनियरहरू केवल घोकन्ते शिक्षाबाट मात्र नभइ आफ्नो वरपरको समुदायका विकासे गतिविधिमा पनि सचेत हुनेपर्ने र यिनको अध्ययन तथा अनुसन्धानमा लाग्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा स्पिकरका अलावा आइ.ओ.इ.का डिन प्रा. रामचन्द्र सापकोटा, पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. गोकर्ण बहादुर मोत्रा, सिभिल विभाग प्रमुख डा. भरत मण्डल लगायत पनि उपस्थित थिए ।

सिभिल विभागको एफ हलमा भएको उक्त कार्यक्रममा सिभिल इन्जिनियरिङ्ग अध्ययनरत झण्डै ३०० हाराहारीमा विद्यार्थीहरूले सहभागिता जनाएका थिए । कार्यक्रमको संचालन संयोजक साजन के.सी.ले गरेका थिए ।

सल्लेरी खबरका लागि राजन के.सी.प्रमोदले खिचेका कार्यक्रमका केही तस्बिरहरू ः

 

 

 

 

 

 

०००

०००

प्रतिक्रिया दिनुहोस्