Logo

प्रशान्त महासागरमा संसारको पहिलो ‘अस्थायी शहर’ बन्दै (तस्बिर तथा भिडियो सहित)



Spread the love

विशाल समुन्द्रको छचल्किँदो पानीमाथि तैरिरहेको शहर सृजना गर्ने कुरा हामी सबैकालागि यथार्थ भन्दा निकै परको कुरा लाग्न सक्छ । किनकि यस्तो अक्सर फिल्म या फिक्सनमा मात्रै देख्ने गरिएको छ । तर, यो प्रसंग सन २०२० बाट यथार्थमा परिणत हुदैँछ । छिट्टै हामी सबैले समुन्द्रमा तैरिरहेको ‘अस्थायी शहर’ अर्थात् ‘फ्लोटिङ सिटी’  यथार्थ मै देख्न पाउने भएका छौं ।

सन २००८ देखि यसै विषयमा अध्ययन गरिरहेको संस्था ‘सी-स्टिडिङ इन्स्टिच्युट’ले भर्खरै ‘अस्थायी शहर’ निर्माणका लागि फ्रान्स पोलिनेसिया सरकारसँग औपचारिक सहमति गरेको छ । सहमतिअनुरुप छिट्टै उसले निर्माणको काम थाल्ने भएको छ । यसका लागि इन्जिनियर तथा आर्किटेक्टको टिमले निर्माण क्षेत्रको भ्रमण गरिसकेको छ ।

‘अस्थायी शहर’ अर्थात् ‘फ्लोटिङ सिटी’ को इन्जिनियरिङ डिजाइन मोडल ।

बढ्दो विश्व वाष्पीकरणका कारण समुन्द्री सतह वर्षेणी बढ्दै गइरहेको छ । जसका कारण माल्दिभ्स, नेदरल्यान्ड्स, लगायतका मुलुकहरू पुर्णतः समुन्द्रमा डुब्ने दिन नजिकिदैँ गइरहेको पाउन सकिन्छ । यो बिकराल समस्याको समाधानको रुपमा ‘अस्थायी शहर’को अवधारणा अगाडि आउन सक्ने देखिन्छ ।

समुन्द्रमा डुब्ने खतरामा रहेको माल्दिभ्स !

त्यति मात्रै नभएर भविष्यका दिनमा पृथ्वीको सबै भु-भाग ओगटिए पछिको स्थितिमा समेत यो  उपयोगी हुने देखिन्छ । बसोबासका लागि चन्द्रमा या मंगल ग्रहतिर भड्किरहेको मनुष्य जातिकालागि यो निकै खुसीको कुरा बन्न पुगेको छ ।

निर्माण संस्था सी-स्टिडिङका प्रमुख क्विर्कका अनुसार यो प्रोजेक्टका लागि करिब ११६ मिलियन अमेरिकी डलर पैसा लाग्ने भएको छ । जसका लागि सुरुवाती लगानीको रुपमा पेपालका फाउन्डर पिटरले सहयोग रकम बुझाइ सकेका छन् ।

हेर्नुहोस् प्रस्ताबित ‘अस्थायी शहर’का केही डिजाइन तस्बिर ः

 

 

बिस्तृत जानकारीका लागि भिडियो ः

 

 

#SalleriEngineering #InterestingEngineering #FloatingCity

#RajanKcPramod

०००

०००

 

प्रतिक्रिया दिनुहोस्