Logo

विप्लव समूहमाथि प्रतिबन्ध गर्ने सरकारको कदम सही : काँग्रेस सभापति देउवा



Spread the love
फाइल तस्बिर

नेपाली कांग्रेस्र सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विप्लव समूहलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयको समर्थन गरेका छन् । उनले आतङ्ककारी गतिविधिमा संलग्न नेकपा विप्लव समूहलाई प्रतिबन्ध लगाउनु राम्रो कार्य भएको बताएका छन् ।

बुधवार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै देउवाले सार्वजनिक एवं निजी सम्पत्ति तोडफोड, जनतामा त्रासको वातावरण सिर्जना गर्ने क्रियाकलापको नियन्त्रण गर्न सरकारले गरेको कार्य उचित भएको प्रस्ट पारे। विप्लवले आतङ्क फैलाउने काम गरेको छ, हाम्रै साथीहरूमाथि पनि आक्रमण भयो’ उनले भने, ‘प्रतिबन्ध मात्रै होइन, कारबाही गर्नुपर्छ ।’ जथाभाबी आक्रमण गर्ने र अशान्ति मच्चाउने कार्य रोक्न विप्लव समूह विरुद्ध सरकारले कडा कदम चाल्नुपर्ने उनले बताए ।

पूर्वप्रधानमन्त्री देउवाले विखण्डनवादी सोचका सिके राउतलाई राष्ट्रिय राजनीतिमा ल्याउन र वर्तमान संविधानलाई स्वीकार्य गराउन गरिएको सरकारको सहमति राम्रो काम भएको बताउँदै ११ बुँदे सम्झौतामा जनमत सङ्ग्रह गर्ने भन्ने सहमति भएको भए त्यो मुलुकको लागि दुर्भाग्य हुने विचार व्यक्त गरे।

हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै सरकारले मङ्गलवार विप्लव समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्